Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • डा. भट्टराईकाे प्रस्ताव- अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाऔं

    डा. भट्टराईकाे प्रस्ताव- अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाऔं

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वडीआईजी रञ्जन कोइरालाकाे सजाय कटाैती गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । उनले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन समाजिक संजाल मार्फत प्रस्ताव गरेका हुन् ।

    समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताउँदै आफ्ना धारणा बुँदागत रुपमा ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् । सर्वोच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।



    साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्ति चयन गर्न पनि भनेका छन् । ‘लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय’ भन्दै डा. भट्टराईले संसद अधिवेशन बोलाउन, केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ चयन गर्न र अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार