Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जङ्गली च्याउ खाँदा दाङमा एक बालिकाको मृत्यु

    जङ्गली च्याउ खाँदा दाङमा एक बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 930
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो।

    जङ्गली च्याउ खाएर बिरामी परेकी बङ्गलाचुली गाउँपालिका–४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए।



    उनका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलबार साँझ थप उपचारका लागि बुटवल लगिएकोमा बुटवलमा मृत्यु भएको हो।



    मृतक अस्मिताकी आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको छ। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइसियुमा राखेर उपचार भइरहेको छ।

    उनका श्रीमान् अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ। जङ्गलमा भेटिएको च्याउ पकाएर खाँदा बङ्गलाचुली गाउँपालिका–४ मा एकै घरका तीन जना बिरामी परेका थिए। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार