काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बुधबार केन्द्रीय कारागार पुगेर पार्टी नेता बालकृष्ण खाँणलाई भेटेका छन् ।
स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई भेट्न कोइराला दिउँसोको करिब ३ बजे सुन्धारास्थित केन्द्रीय कारागार पुगेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य समेत हरेका पूर्व गृहमन्त्री खाण केन्द्रीय कारागारमा रहेका छन् ।
खाणसँगै, टोपबहादुर रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल लगायत पनि केन्द्रीय कारागारमा रहेका छन् ।
Leave a Reply