Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • विमानस्थलको सुरक्षा व्यवस्थापन हेरफेर गर्नैपर्छ : प्रधानमन्त्रीले प्रचण्ड

    विमानस्थलको सुरक्षा व्यवस्थापन हेरफेर गर्नैपर्छ : प्रधानमन्त्रीले प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 714
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्रीले प्रचण्डले भने, ‘हामी गम्भीर विषयमा छलफल गरिरहेका छौं। हामीले स्थितिको गम्भीर समीक्षा गरेर अगाडि कसरी बढ्ने, विगतका कमीकमजोरी कसरी सच्याउने भन्नेतिर हाम्रो ध्यान जानुपर्छ। नकारात्मक चिजलाई शिक्षाका रूपमा लिएर अगाडि बढाउनुपर्छ। सोच, संरचना, कार्यविभाजन र कार्यशैलीमा सुधार गर्नेतिर जोड गर्नुपर्छ।’



    उनले विमानस्थलको समग्र व्यवस्थापनको समीक्षा गर्नुपर्ने बेला आएको बताए।

    प्रधानमन्त्री प्रचण्डले सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार