Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • एसिड आक्रमणकारीको बयान: साहुको निर्देशनमा रक्सी सम्झेर छ्यापे

    एसिड आक्रमणकारीको बयान: साहुको निर्देशनमा रक्सी सम्झेर छ्यापे

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 4.8K
    SHARES

    काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा रक्सी सम्झेर एसिड हानेको बयान दिएका छन् । साथै, साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले उनलाई राति नै भारततिर जान भनेको पनि मुन्नाले बयानकाे क्रममा प्रहरीलाइ बताएका छन्।

    साहु मोहम्मदले पनि अभियोग स्वीकारेका छन् । आक्रमणमा परेकी २२ वर्षीय युवती पवित्रा कार्कीले आफूसँग प्रेम नगरेको आरोप उनको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हात डढेको देखेपछि उनले नै एसिड हानेको एकिन हुन साथ पक्राउ गरिएकाे हाे।



    अनुसन्धान अधिकृतहरुका अनुसार एक क्यासिनोमा काम गरेका बेला मोहम्मदसँग युवतीको चिनजान भएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत एक्सनका कारण मुन्ना बिहीबार राति ११ बजे पक्राउ परेका थिए। घटनास्थल नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई पक्राउ गरेको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार