एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमार फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन छाडेर साउदी प्रो–लिग क्लब अल–हिलालसँग अनुबन्ध भएका छन् ।
३१ वर्षीय खेलाडीका लागि साउदी क्लबले ९ करोड युरो (एडअनहरु थप) खर्च गरेको हो ।
‘मैले युरोपमा धेरै कुरा हासिल गरेँ, त्यहाँ विशेष पलहरु बिताएँ, तर म सधैँ ग्लोबल खेलाडी बन्न चाहन्थे र नयाँ ठाउँमा नयाँ चुनौती र अवसरहरु लिन चाहन्थे,’ नेयमारले भनेका छन् ।
उनी नयाँ सिजनका लागि पीएसजीका नयाँ प्रशिक्षक लुइस एनरिकेको योजनामा थिएनन् ।
सन् २०१७ मा विश्व कीर्तिमानी २० करोड पाउन्डमा पीएसजी पुगेका नेयमारलाई शनिबार लिग वानमा लरेन्टविरुद्धको खेलमा टोलीमा समावेश गरिएको थिएन ।
Leave a Reply