Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • डोनाल्ड ट्रम्पविरुद्ध चौथो मुद्दा दर्ता, भन्छन् – चुनावी अभियान अशान्ति बनाउने प्रयास भयो

    डोनाल्ड ट्रम्पविरुद्ध चौथो मुद्दा दर्ता, भन्छन् – चुनावी अभियान अशान्ति बनाउने प्रयास भयो

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 621
    SHARES

    एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अर्को आपराधिक मुद्दा दर्ता भएको छ ।

    जर्जियामा चुनावी नतिजा उल्ट्याउन ठगी, धम्की र जालसाजी गरेको आरोपमा उनीविरुद्ध मुद्धा दर्ता भएको हो ।



    ट्रम्पले भने आफूमाथि लगाइएको नयाँ आरोपको निन्दा गरेका छन् । आफ्नो आपराधिक मुद्दाको बारेमा सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘मलाई धाँधली भएको महसुस हुन्छ। साढे दुई वर्षअघि उनीहरूले आरोप किन लगाएनन् ? किनभने तिनीहरू मेरो चुनावी अभियानको बीचमा अशान्ति सिर्जना गर्न चाहन्थे।’



    गत सोमबार जर्जियाको ग्रान्ड ज्युरीले पूर्व राष्ट्रपतिलाई आपराधिक आरोपमा अभियोग लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार