Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दावाको नागरिकताबारे गृहद्वारा छानबिन सुरू

    दावाको नागरिकताबारे गृहद्वारा छानबिन सुरू

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 624
    SHARES

    काठमाडौं । सुन तस्करीमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका निमा लामा भनिने दावा छिरिङको नागरिकताको विषयमा गृह मन्त्रालयले छानबिन गरिरहेको छ ।

    सुन तस्करी प्रकरणमा राजस्व विभागले नियन्त्रणमा लिएका छिरिङको नागरिकताको विषयमा प्रश्न उठेपछि मन्त्रालयले छानबिन थालेको हो । हाल छानबिन कार्य जारी रहेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।



    नागरिकताको विषयमा छानबिन गर्न मन्त्रालयका उपसचिव एवं नागरिकता महाशाखाका प्रमुख कृष्णबहादुर कटुवालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । ‘समितिले छानबिन गरिरहेको छ । समितिले छानबिनपछि दिने प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाइने छ’ प्रवक्ता भट्टराईले भने ।



    हाल सुन तस्करी प्रकरणमा १८औं नम्बरमा गत श्रावण १५ गते छिरिङलाई पक्राउ गरिएको थियो । सुन तस्करी प्रकरणमा नै संलग्न भएको आशंकामा राजस्व अनुसन्धान विभागले राजधानीको ठमेलस्थित होटल भियनाका सञ्चालकसमेत रहेका छिरिङलाई होटल परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो ।

    छिरिङ सत्ता र शक्तिको आडमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको तथ्य चार वर्षअघि प्रहरी अनुसन्धानले पत्ता लगाएको थियो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार