Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • बालेन सहभागि छलफलमा प्रधानमन्त्रीको निर्देशन – सार्वजनिक महत्त्वको विषयमा केन्द्रित हुनू

    बालेन सहभागि छलफलमा प्रधानमन्त्रीको निर्देशन – सार्वजनिक महत्त्वको विषयमा केन्द्रित हुनू

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 615
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशिन दिएका छन् ।

    मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौँ उपत्यकामा सुकुम्वासी व्यवस्थापन सम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।



    “सार्वजनिक महत्त्वका विषयको दीर्घकालीन अर्थ हुन्छ, त्यस्ता विषयमा हाम्रो सबैभन्दा बढी ध्यान दिनुपर्छ । एउटा मन्त्रालय र निकायसँग जोडिएको विषय अन्त सार्ने र समस्याबाट उम्किने काम हामी कसैले पनि गर्नु हुँदैन । त्यसतर्फ तपाईँहरूले ध्यान दिनुस्,” उनले भने ।



    छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साह, काठमाडौँ महानगरका प्रमुख बालेन शाह, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, नेपाल सरकारका विभागीय मन्त्रालयका सचिवहरूका सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार