Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • नागरिकको फोन ट्याप गर्नेसहितको प्रविधि ‘टेरामक्स’ लागू हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    नागरिकको फोन ट्याप गर्नेसहितको प्रविधि ‘टेरामक्स’ लागू हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादास्पद टेरामक्स प्रविधि कार्यान्वयन नगर्ने बताएका छन् । बालुवाटारमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    उनले नागरिकका फोन ट्यापिङ गर्नेसहितका प्रयोजनका लागिसमेत प्रयोग गर्न खोजिएको टेरामक्स प्रविधि कार्यान्वयन नगर्ने स्पष्ट पारे । उनले उपकरणमा खरिदमा करोडौं रुपैयाँ खर्च भए पनि त्यो लागू नहुने बताए ।



    प्रधानमन्त्रीले टेरामोक्स लागू नहुने बताएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले तीन अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च गरेर ल्याएको प्रविधि र उपकरण काम नलाग्ने भएका छन् ।



    दुई करोड ३७ लाख ७० हजार अमेरिकी डलर (तीन अर्ब ११ करोड रुपैयाँभन्दा बढी) रकम खर्च गरी त्यसका लागि आवश्यक उपकरणसमेत विदेशबाट आयात भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार