Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • भदौ ३० मा प्रधानमन्त्री प्रचण्ड अमेरिका जाने

    भदौ ३० मा प्रधानमन्त्री प्रचण्ड अमेरिका जाने

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते अमेरिका जाने भएका छन्।

    प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन पहिले अमेरिका जाने र त्यहीँबाट सिधै चीन भ्रमणमा जाने जानकारी दिएका हुन्।



    राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ । महासभामा भाग लिन प्रचण्ड भदौ ३० गते (सेप्टेम्बर १६) अमेरिका जानेछन् ।



    प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने छन्। असोज ४ गते उनी त्यहीँबाट (२१ सेप्टेम्बर)मा चीन जानेछन् ।

    बेइजिङमा हुँदा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय वार्ता गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार