Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्‍डले दिए मोदीलाई शुभकामना

    भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्‍डले दिए मोदीलाई शुभकामना

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 507
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको ७७औँ स्वतन्त्रता दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

    मंगलबार परेको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले ट्विट गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई एवं शुभकामना दिएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले लेखेका छन्,‘भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई निरन्तर शान्ति, प्रगति र समृद्धिका लागि हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहान्छु ।’



    उनले सामाजिक सञ्जालमार्फत् भारतीय प्रधानमन्त्री मोदीसँगै सम्पूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन् ।

    बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भारत र भारतीय जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार