काठमाडौं । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ ।
हिमाचल का मुख्यमन्त्री सुखविन्दर सिंह सुखुका अनुसार वर्षा प्रभावित क्षेत्रमा अझै धेरै मानिस फसेको र मृतकको सङ्ख्या बढ्न सक्ने छ । त्यहाँ खोजी र उद्धारको काम निरन्तर भैरहेको छ । ठूलो वर्षा र बाढीले जनजीवन प्रभावित भएको छ ।
राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको छ । रतको मौसम विज्ञान विभागले हिमाचल मा अझै केही दिन वर्षाको सम्भावना रहेको जनाएको छ ।
मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाचल प्रदेशमा भवन, सडक तथा पुलहरू भत्किएका छन् ।
Leave a Reply