Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • गौर हत्याकाण्डको फाइल बन्द गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

    गौर हत्याकाण्डको फाइल बन्द गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

    सरकार छाड्ने जसपाको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 879
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनको बैठकले गौर हत्याकाण्डको फाइल बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निष्कर्ष निकालेको हो ।

    एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले बैठकमा गौर हत्याकाण्डको विषयमा छलफल भएको र अब यसलाई ‘क्लोज’ गरेर अघि बढ्नुपर्ने निष्कर्ष आएको जानकारी दिए ।



    ‘गौर हत्याकाण्डमा जो मारिए तीनलाई सहिद घोषणा गर्ने काम भइसकेको छ। तीनलाई क्षतिपूर्ती पनि राज्यले दिइसकेको छ,’ पाण्डेले भने, ‘गौर हत्याकाण्डमा अरु केही बाँकी नै छैन । यसलाई क्लोज गर्नुभन्दा बाहेक अरु बाँकी छैन । उनले यो काण्ड जसले उठायो त्यो उठाउने मान्छे आफै चार वटा हत्याकाण्डको नाइके हो ।’



    आजको बैठकमा जसपाले आफूहरूलाई गौर हत्याकाण्डको विषय उठाएर निसाना गरिए सरकार नै छाड्ने चेतावनी दिएको छ । गौर हत्याकाण्ड पीडित संघर्ष सहमति र सरकारबीच गत साउन २३ गतेमात्रै पाँच बुँदे सहमति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार