Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • महरा मात्र होइन, कुनै प्रकरणमा मेरो नाम आए हत्कडी लगाए हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    महरा मात्र होइन, कुनै प्रकरणमा मेरो नाम आए हत्कडी लगाए हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 633
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धानको क्रममा नाम जोडिएर आए सबैलाई कारबाही गर्ने बताएका छन् ।

    बत्तिसपुतलीमा जारी जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुरु गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छु । खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ।’



    प्रधानमन्त्री प्रचण्डले छानबिनको लागि आफूहरुले सबैलाई दबाब नदिएको बताए ।भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो ।

    प्रचण्डले सम्बोधनको क्रममा आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरोधी सरकारले अगाडि बढाएको अभियानले जनतामा उत्साह बढेको बताए।

    सरकारको कामलाई प्रभावकारी बनाउनको लागि सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि प्रकरणको छानविनमा आफूले दबाब नदिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार