Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा सहयोग गर्न तयार छु : माधव नेपाल

    बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा सहयोग गर्न तयार छु : माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 468
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणको छानबिनमा पूर्ण रूपले सहयोग गर्ने बताएका छन् ।

    युरोप भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले बालुवाटार जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा सघाउन तयार रहेको बताए ।



    अध्यक्ष नेपालले भने,‘बालुवाटारको निवासभित्र कोही जाने हो भने त्यसले हेर्न सक्दछ र भन्न सक्दछ कि त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयो भनेपछि सम्भवतः मेरो नाम अरुभन्दा अग्रपंक्तिमै पर्ने छ । बदमासीहरु त्यहाँ केही भएको छ भने त्यसमा छानबिन होस्, त्यसमा मेरो तर्फबाट जे सहयोग गर्नुपर्ने हो मेरो सहयोगी भूमिका रहने छ ।’



    अध्यक्ष नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको दावी गरे। उनले भ्रमणमा जानु एकदिन अघि सर्वोच्च अदालतले ललिता निवास जग्गाको छानबिन प्रक्रिया अघि बढाउनु भनेर आदेश आएको बताए।

    उनले अदालतको आदेश आउनु र युरोप भ्रमण तय हुनु संयोग मात्र भएको बताए। नेपालले आफू प्रधानमन्त्री हुँदा कतिपय जग्गासम्बन्धी निर्णय भएको तर भ्रष्टाचार नगरेको जिकिर गरे।

    उनले देशको परिस्थितले गर्दा आफू दुई देशको भ्रमण छोट्याएर फर्किएको भन्दै कुनै खास खास बेलामा नेताहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार