Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • भीमदत्त राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा

    भीमदत्त राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 705
    SHARES

    कैलाली। पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग एक सातापछि खुलेको छ ।

    २२ साउनमा गएको पहिरोले अवरुद्ध भएको राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।



    सडकमाथिबाट आएको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गरिएको छ ।



    गोदावरी नगरपालिका-४ को बुढीतोलामा गएको पहिरो पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

    तत्काल राजमार्ग सञ्चालनमा आए पनि जोखिम कायम हुँदा ढुक्क हुने अवस्था नरहेकाले जेसीबी, एक्साभेटर र लोडर तयारी अवस्थामा राखिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार