Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • सप्तकोशीमा पानीको बहाव उच्च, ब्यारेजका ५६ वटै ढोका खोलियो

    सप्तकोशीमा पानीको बहाव उच्च, ब्यारेजका ५६ वटै ढोका खोलियो

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 717
    SHARES

    सुनसरी । भारी वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।

    बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको थियो ।



    आज बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको छ । यद्यपि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।



    कोशीमा पानीको बहाव उच्च भए पनि कोसीले पूर्वी तटबन्धमा कुनै क्षति गरेको छैन । राजावा, प्रकाशपुर, मधुवनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार