काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा दोषी देखिए माओवादी नेताहरू पनि जेल बस्न तयार हुन भनेका छन् ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताउँदै यस्तो बताएका हुन् ।
उनले सुन तस्करी प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिने बताए । सुन प्रकरणमा माओवादी नेताहरूकै संलग्नता रहेको प्रश्न उठ्न थालेपछि उनले यसबारे बैठकमा चासो व्यक्त गरेका थिए। ९ किलो सुन प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल पनि मुछिएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले पदाधिकारी बैठकमा सुन प्रकरणमा दोषी देखिएका माओवादी नेताहरू जेल बस्न तयार हुनू भनेका हुन् ।
Leave a Reply