काठमाडौं । माओवादीले फिर्ता बोलाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जनमत पार्टीकी अनितादेवी साह नियुक्त हुने भएकी छिन् ।
यस अघि नै जनमतले सिफारिस गरेकी साह मन्त्री बन्न लागेकी हुन् । जनमतबाट नयाँ मन्त्री बन्ने भएपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमवार बिहान १० बजेलाई शपथग्रहणको कार्यक्रम तय भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।
यद्यपि, साहलाई संघीय मामिला वा अन्य कुन मन्त्रालयको जिम्मेवारी दिने टुंगो भने लागिसकेको छैन।
Leave a Reply