Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सुन प्रकरणमा दोषी भए महराजी पनि कारबाहीको भागिदार हुनुपर्छ : गृहमन्त्री श्रेष्ठ

    सुन प्रकरणमा दोषी भए महराजी पनि कारबाहीको भागिदार हुनुपर्छ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए जुनसुकै पार्टीका भए पनि नछाड्ने बताएका छन् ।

    आइतबार बसेको माओवादी पदाधिकारी बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका बरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पनि कारबाहीको भागिदार हुनुपर्ने बताए।



    माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल महरा इलेक्ट्रिक चुरोट भेप मा लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा मुछिएका छन्। महराका छोरा राहुलले छोरा सुन ल्याउने चिनियाँ नागरिकसँग पटक-पटक फोन गरेको तथ्य सिआइबीले फेला पारेको छ।



    गत १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकमा पनि सुन प्रकरणबारे कुरा उठेपछि महराले आफू त्यसमा नजोडिएको र दोषी देखिए कारबाहीको भागिदार बन्ने बताएका थिए।

    पदाधिकारी बैठकमा गृहमन्त्री श्रेष्ठले सञ्चारमाध्यममा आएका समाचार, सामाजिक सञ्जालमा भइरहेको विरोध र आफ्नै पार्टीका उपाध्यक्षको शंकास्पद संलग्नताबारे जानकारी गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार