काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणले गृहमन्त्री नारायणकाजी श्रेष्ठको असफलता देखाइसकेको बताएका छन् ।
एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठ असफल भइसकेकाले राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् ।
ओलीले भने,’राजीनामाबाहेक गृहमन्त्री आफैँ रोस्ट्रममा उभिन जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ‚ सुन भनेर पक्रिएर राख्यो‚ राखेको ठाउँबाट हराउँछ । गृहमन्त्रीको जवाफदेहीता होइन त्यो ? क्विन्टलका क्विन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले ल्याएको छ । त्यस्ता कम्पनी कतिवटा छन् ?’
सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई नागरिकता कसले दियो‚ त्यस विषयमा गरिएको छानबिन गायब गरिएको आरोप अध्यक्ष ओलीले लगाए ।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा पास भएपछि राजश्व अनुसन्धान विभागले सिनामंगलबाट करिब एक क्विन्टल सुन पक्राउ गरेको थियो ।
Leave a Reply