उदयपुर । पहिरोले मदन भण्डारी स्मृति लोकमार्ग अवरुद्ध भएको छ।
तीन दिनदेखि परेको पानीले उदयपुरखण्डको उदयपुरगढी गाउँपालिका ५ मौवासीमा पहिरो जाँदा आइतबार बिहानैदेखि सडक अवरुद्ध भएको हो।
मौवासी खोलाको पुल सूचारुसँगै सडक फराकिलो बनाइ कालोपत्रे बनाउनसाथ माथिबाट पहिरो बगेको छ ।
अवरुद्ध सडक सुचारु गर्न जेसिवी र लोडर दुई वटा प्रयोग गरिएको छ।
सडक अवरुद्ध भएसँगै गन्तव्यमा हिंडेका यात्रुहरु अलपत्र परेका छन् भने केही सवारी साधन फर्केर बैकल्पिक सडक प्रयोग गर्न थालेका छन्।
Leave a Reply