Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • भौतिक पूर्वाधारमन्त्री ज्वालाको प्रश्न – देशमा बुढाबुढी र बालबालिका मात्र भए कसरी विकास हुन्छ ?

    भौतिक पूर्वाधारमन्त्री ज्वालाको प्रश्न – देशमा बुढाबुढी र बालबालिका मात्र भए कसरी विकास हुन्छ ?

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 813
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले युवाहरूकै काँधमा देश रहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।



    मन्त्री ज्वालाले डुब्न लागेका घामजस्ता व्यक्तिबाट अब देश निर्माणमा धेरै काम नहुने बताए। उनले उनीहरूका ज्ञान,सीप र अनुभव लिनुपर्ने तर उनीहरूबाट नै धेरै काम भने नहुने बताए।



    मन्त्री ज्वालाले भने,‘डाँडाँमा डुब्न थालेको सूर्यजस्तो व्यक्तिबाट अब धेरै काम हुन सक्दैन। समाज र राष्ट्रको निम्ति गर्ने भनेको युवारहरुले नै हो। जो बिहान उदाउँदाका सूर्य जस्तै हुन्छ। देश उर्जाशील र वौद्धिक युवाविहीन हुन्छ। बुढाबुढी र बालबालिका मात्रै रह्यो भने विकास कसरी हुन्छ।’

    मन्त्री ज्वालाले युवाहरूकै काँधमा देश, संसार र दुनियाँ हुने बताउँदै बिहान उदाउँदाका सूर्यजस्तै उर्जाशील र जोशीला युवाहरूले नै देश बनाउने बताए। तर ती देश बनाउने युवा अहिले निराश रहेको पनि मन्त्री ज्वालाले बताए।

    उनीहरूलाई निराशाबाट बाहिर निकाल्न के गर्न सकिन्छ भन्नेबारे सरकार, राजनीतिक दल र त्यसका संगठनहरूले बहस गर्नुपर्ने उनको भनाइ ।

    मन्त्री ज्वालाले युवाहरूलाई यही देशमा राखेर राष्ट्रनिर्माणमा लगाउन रोजगारीको सिर्जनानै आधारभूत कुरा भएको बताए। त्यसका निम्ति सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार