Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मेयर बालेनले भने – विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखियो

    मेयर बालेनले भने – विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखियो

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 879
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको बताएका छन् ।

    शनिबार बुक फ्रि फ्राइडे कार्यक्रमका गतिविधिबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर बालेनले यस्तो बताएका हुन् ।



    मेयर बालेनले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरुमा प्राविधिक विषयको सिकाइप्रति उत्साह देखिएको बताए।



    मेयर बालेनले भने, ‘सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरुमा विषय सिकाइप्रति उत्साह देखिएको हो ।’

    महानगरपालिकाले शुक्रबार बुक फ्रि फ्राइडे कार्यक्रम अन्तर्गत काठमाडौँका भानु माध्यामिका विद्यालय र पद्मोदय माध्यामिक विद्यालयमा प्रावधिक विषयको सिकाइबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार