Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आजपनि बढ्याे सुनको मूल्य

    आजपनि बढ्याे सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बिहीबार आज पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यमा प्रति तोला ५ सयले बढेको छ।

    योसँगै नेपालमा सुनको मूल्य अहिलेसम्मकै बढी प्रति तोला ९४ हजार ५ सय रूपैयाँ पुगेको छ। यसअघि बुधबार सुन प्रति तोला ९४ हजारमा कारोबार भएको थियो। त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रति तोला ९४ हजार ६५ पुगेको छ।



    चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार ११३५ प्रतितोला कारोबार भएको चाँदी बिहीबार प्रति तोला १० रुपैयाँले बढेर ११४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार