Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • सुन तस्करी प्रकरण : अडुकियालाई राजस्व र सीआईबीले बुझ्न मानेन, अध्यागमन कार्यालयमै राखियो

    सुन तस्करी प्रकरण : अडुकियालाई राजस्व र सीआईबीले बुझ्न मानेन, अध्यागमन कार्यालयमै राखियो

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अडुकियालाई केन्द्रीय अनुसन्धान ब्युरो र राजस्व अनुसन्धान विभागले जिम्मा लिन अस्वीकार गरेको छ । स्रोतका अनुसार सीआईबी र राजस्वले बुझ्न इन्कार गरेपछि अडुकियालाई फेरि विमानस्थल अध्यागमन कार्यालयकै जिम्मा लगाइएको हो ।

    सुन तस्करी प्रकरणको अनुसन्धान राजस्वले एक साताअघि सीआईबीलाई बुझाइसेकाले उनलाई लिन अस्वीकार गरेको हो भने सीआईबीले रोहनबारे थाहा नभएको भन्दै जिम्मा नलिएको बताइएको छ । शुक्रबार राजस्व अनुसन्धान विभागबाट सशस्त्र प्रहरीसहितको टिम रोहनलाई जिम्मा लगाउन महाराजगञ्जस्थित ब्युरोमा पुगेका थिए ।



    पक्राउ परेका रोहन व्यापारी राकेश अडुकियाका पुत्र हुन् । रोहनबारे थाहा नभएको भन्दै ब्युरोका अधिकृतहरुले शुक्रबार उनलाई जिम्मा लिएनन् । राजस्व अनुसन्धान विभागको पत्रको आधारमा रोहनको पासपोर्ट नम्बर जेड–६३९६४२१ लाई अध्यागमन कार्यालयले कालो सूचीमा राखेको थियो ।



    दिल्लीबाट नेपाल फर्केका अडुकियालाई कालो सूचीको आधारमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको सहयोगमा पक्राउ गरेर राजस्वमा बुझाएको थियो । राजस्व अनुसन्धान विभागका कर्मचारीले १ सय किलो सुन सम्बन्धी फाइल सीआईबीमा पठाएको भन्दै अडुकियालाई सीआईबीको जिम्मा लगाउन महाराजगञ्जमा पठाए ।

    तर, ब्युरोले पनि जिम्मा नलिएपछि उनलाई अध्यागमन विभागमै राखिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । शुक्रबार उनी दिल्लीबाट काठमाडौं उत्रिएपछि चेकजाँच गर्दा अध्यागमनको टोलीले प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार