Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • टी–२० विश्वकप छनोट खेल्ने नेपाली महिला टोलीको घोषणा

    टी–२० विश्वकप छनोट खेल्ने नेपाली महिला टोलीको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोटका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

    क्यानले प्रतियोगिता खेल्न रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।



    घोषित टोलीमा सीता रानामगर, ईन्दू बर्मा, विन्दू रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुसी डङ्गोल रहेका छन् ।



    रुबी पोदार, खुसी डङ्गोल र पूजा महतो पहिलो पटक राष्ट्रिय महिला टोलीमा परेका हुन् । टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त २८ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा आयोजना हुँदै छ । विश्वकपको एसियाली छनोटमा नेपालसहित ११ राष्ट्रको सहभागिता रहने छ ।

    एसियाली छनोटमा नेपालका अतिरिक्त आयोजक मलेसिया, थाइल्यान्ड, यूएई, हङ्कङ, भुटान, चीन, बहराइन, कुवेत, कतार र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार