Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रपतिका उम्मेदवारको हत्यापछि इक्वेडरमा संकटकाल घोषणा

    राष्ट्रपतिका उम्मेदवारको हत्यापछि इक्वेडरमा संकटकाल घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 678
    SHARES

    एजेन्सी । दक्षिण अमेरिकी देश इक्वेडरमा राष्ट्रपति चुनावका प्रतिस्पर्धीको हत्या भएपछि देशभर संकटकाल लगाइएको छ ।

    राष्ट्रपतिका पदका लागि लोकप्रिय उम्मेदवार ५९ वर्षीय फर्नान्डो भिल्लाभिसेन्सियोको बुधबार राजधानी क्विटोमा गोली हानेर हत्या गरिएको हो ।



    इक्वेडरको राष्ट्रिय सभा सदस्य तथा पूर्वपत्रकारसमेत रहेका उनले लागूऔषध तस्करीमा संलग्न आपराधिक गिरोह र भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएका थिए ।



    क्विटोमा एक चुनावी कार्यक्रममा सहभागी भएर आफ्नो कारमा बसेका फर्नान्डोमाथि गोली प्रहार भएको हो । आक्रमणकारीले हानेको गोली उनको टाउकोमा लागेको थियो । लगत्तै सुरक्षाकर्मीले जवाफी कारबाहीको गरेको र एक संदिग्ध आक्रमणकारीको मृत्यु भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार