Online Nepal
  • बिहिबार, २० मंसिर २०८१
  • नआत्तिनुस् कोरोना लागेका ६० हजार बढी निको भएका छन्

    नआत्तिनुस् कोरोना लागेका ६० हजार बढी निको भएका छन्

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । चीनको बुहानबाट शुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय नाघिसकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार शुक्रबार बेलुकीसम्म सो रोगको संक्रमणबाट मृत्यु हुनेरुको संख्या विश्वभर ३ हजार ६ सय पुगेको छ भने अहिलेसम्म १ सय ३ देशका १ लाख ६ हजार १ सय ९५ जना सङ्क्रमित भएको तथ्यांक सार्वजनिक भएका छन् ।

    कोरोना संक्रमित मध्ये ६० हजार १ सय ९० जना स्वस्थ भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६ हजार ३५ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



    कोरोना संक्रमितमध्ये सबैभन्दा बढी चीनमा ८० हजार ६ सय ९६ जना संक्रमित छन् । चीनमा नयाँ ४५ जना मानिसमा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाकै कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ हजार ९७ पुगेको छ ।



    त्यस्तै दोस्रो धेरै संक्रमण फैलिएको दक्षिण कोरियामा ५० ज्यान गुमाएका छन् भने ७ हजार १ सय ३४ जनामा संक्रमण देखिएको छ ।

    त्यसैगरी इटालीमा ५ हजार ८ सय ८३ संक्रमित रहेको र ३ सय ३३ जनाले ज्यान गुमाएको समाचार आएका छन् ।

    कोरोनाकै कारण इरानमा १ सय ४५ जनाले ज्यान गुमाएका छन् भने फ्रान्समा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।

    त्यस्तै भारत र दक्षिण कोरिया पनि संक्रमणको संख्यामा वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । यसबाहेक, संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या १२ पुगेको छ । अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरुभएपछि केह्री राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।

    खाडी मुलुकहरु मध्ये कुवेत, कतार, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ ।

    कोरोना भाइरस लागेका ६० हजारभन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

    अहिले ४२ हजार ४ सय ५ जनाले उपचार गराइरहेका छन् भने ३ हजार ६ सय जनाको ज्यान गएको छ । गएको २४ घण्टामा चीनमा २७ र दक्षिण कोरियामा २ जना गरी २९ जनाको ज्यान गएको छ भने चीनमा मात्रै १ हजार ६ सय ६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

    कोरोनाबाट बच्ने उपाय
    १. नियमित साबुनपानीले हात धुने
    २. मानिसहरुसँग हात नमिलाउने
    ३. नाक, मुख र आँखालाई पटक–पटक छुने नछुने
    ४. हाँछ्यु गर्दा रुमालको प्रयोग गर्ने
    ५. रुघा–खोकी तथा ज्वरोलाई सामान्य नलिने
    ६. मोबाइललाई सफा गर्ने
    ७. वाथरुमलाई राम्रोसँग सफा गर्ने
    ८. हवाई यात्रामा अति सजग रहने
    ९. अस्पतालमा खाना खाँदा दही अनिवार्य खाने
    १०. माक्सको प्रयोग गर्न‍े

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार