Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रचण्डप्रति लक्षित गर्दै सुवास नेम्वाङले भने – प्रदेशको नाम फेर्छु भन्नेको नाम बिर्सेँ, अनुहार झलझल्ती सम्झन्छु

    प्रचण्डप्रति लक्षित गर्दै सुवास नेम्वाङले भने – प्रदेशको नाम फेर्छु भन्नेको नाम बिर्सेँ, अनुहार झलझल्ती सम्झन्छु

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 648
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले देशका विविध धर्म,जाती र भाषाका पक्षमा एमाले दृढतापूर्वक उभिने बताएका छन् ।

    २९ औँ विश्व आदिवासी दिवसका अवसरमा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले यस्तो बताएका हुन् ।



    उपाध्यक्ष नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै भने, ‘म नाम अलि बिर्सन्छु । हिजोअस्ति भर्खरै कोशी प्रदेशको सन्दर्भलाई लिएर होला एक जना मित्रले भन्नुभयो । अर्को पटक २०८४ मा हामीलाई भोट हालेर जिताउनुभयो भने म यो कोशी प्रदेशको नामै फेर्दिन्छु । उहाँले यसो भनेको मलाई कताकति पढेको जस्तो लाग्यो । झलझली अनुहार याद छ तर नाम बिर्सेँ ।’



    उनले त्यसो भन्ने मान्छेको नाम बिर्सेपनि अनुहार झलझल्ती याद आइरहेको बताए ।  केही दिनअघि मात्रै प्रधानमन्त्री प्रचण्डले विश्व आदिवासी दिवसकै अवसरमा काठमाडौमा भएको एक कार्यक्रममा कोशी प्रदेश नामकरण र भइरहेको विरोधलाई लक्षित गर्दै आउने चुनावमा आफ्नो पार्टीलाई जिताए कोशीको नाम फेरिदिने बताएका थिए ।

    एमालेले सबै जातजाति र धर्मावलम्बीहरूको अधिकारको सम्मानमा कुनै सर्तबन्दी नगर्ने उपाध्यक्ष नेम्वाङको भनाई छ । नेता नेम्वाङले देशका विविध धर्म,जाती र भाषाका पक्षमा दृढतापूर्वक एमाले उभिँदै आएको र आगामी दिनमा पनि उभिने बताए ।  नेम्वाङले नेकपा एमाले त्यसरी सर्तबन्दी नगर्ने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार