Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • अमेरिकाको अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प

    अमेरिकाको अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 3.2K
    SHARES

    वासिङ्टन । अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २.१२ बजे आएको थियो । भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो ।

    उक्त भूकम्पका कारण कुनै जनधनको क्षति भएको बारेमा विवरण प्राप्त भइसकेको छैन । भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ । भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो । अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो । सिन्ह्वा



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार