Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • अमेरिकी यूद्ध क्षेत्रमा रहेका अधिकांश नेपाली सूरक्षागार्डमा कोरोना संक्रमण

    अमेरिकी यूद्ध क्षेत्रमा रहेका अधिकांश नेपाली सूरक्षागार्डमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 2.4K
    SHARES

    Picture Google

    काठमाडौं । अफ्गानिस्तानमा रहेकाे अमेरिकी दूतावासको सूरक्षा गर्ने अधिकांश नेपाली कोरोना संक्रमित भएको पाईएको छ। समाचार संस्था एपीले काबुलमा रहेको अमेरिकी दूतावासको भित्र कोरोना प्रकोपका सुचना दिएको डिप्लोम्याटले लेखेको छ।

    एपीले अञ्जान स्रोतलाई हवाला दिँदै उक्त दूतावासका २० जनामा कोरोना संक्रमण देखिएको र अधिंकास नेपाली गोर्खा रहेको बताएको छ।



    ती नेपालीहरु दूतावासको सूरक्षा गार्ड भएको बताइएको छ। काबुलमा अमेरिकी दूतावासको सूरक्षा टिममा ठूलो मात्रामा नेपालीहरु रहेका पाइएको छ। अमेरिका अफ्गानिस्तानमा प्रवासी श्रमीकहरुमा कुन हदसम्म निर्भर रहेको छ भन्ने कुराबाट अज्ञान अमेरिकीहरुलाई यो सूचनाले आश्चर्यमा पारेको छ।

    दूतावासमा कार्यरत नेपाली र अन्य देशका कर्मचारीहरुले समान भूमिका निभाउने गर्छन्। यो रिपोर्टबाट अहिले चलिरहेको महामारीबाट अधिकांश श्रमिकहरु असुरक्षित रहेको पाइएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार