Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बालिकाको तस्बिर दुरुपयोग गरी अश्लिल भिडियो बनाउने दुई जना पक्राउ

    बालिकाको तस्बिर दुरुपयोग गरी अश्लिल भिडियो बनाउने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रहरीको साइबर ब्यूरोले बालिकाको तस्बिर दुरुपयोग गरी अस्लील तस्बिर र भिडियो बनाउने दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ बस्ने १९ वर्षीय समिर तामाङ र सोही ठाउँका १९ वर्षीय सुरेश तामाङ छन्।



    उनीहरूले पीडित बालिकालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाई कुराकानी गर्दै जाने क्रममा प्रेम सम्बन्धको बहाना बनाएको र अडियो र भिडियो कलको माध्यमबाट मानसिक तनाव दिन थालेपछि पीडितले फेसबुकमा ब्लक गरेकी थिइन्।



    प्रोफाइल ब्लक गरेर सम्पर्कविहीन भएपछि पीडकले अन्य अपरिचित व्यक्तिको अश्लील फोटो र भिडियोमा पीडित बालिकाको अनुहार जोडेर सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गरी दुःख दिएको प्रहरीले जनाएको छ ।

    नाबालिगलाई उनीहरूले सामाजिक सञ्जालमार्फत मानसिक तनाव मात्रै नभई यौन हिंसा समेत गरेका थिए। पक्राउ परेका समिर तामाङले नाबालिगलाई फेसबुकमा साथी बनाएका थिए।

    कुराकानी गर्नेक्रममा उनले बालिकालाई प्रेम गर्ने बहानामा अडिओ र भिडिओ कल गर्न थालेका थिए। समिरले अन्य व्यक्तिको अश्लिल फोटो र भिडिओमा पीडित नाबालिकाको अनुहार जोडेर सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेको प्रहरीले जनाएको छ।

    उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ र यौन हिंसा कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच-पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार