Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • चीनले नै तयार पार्यो कोरोनाविरुद्धको खोप

    चीनले नै तयार पार्यो कोरोनाविरुद्धको खोप

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । चीनको बुहानबाट शुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसविरुद्धको खोप चीनले नै तयार पारेको छ ।

    कोरोना भाइरसविरुद्धको खोप तयार गर्ने स्थानको अनुगमन गर्न पुगेका चीनियाँ राष्ट्रपति सी चिनफिङ्गलाई टोली प्रमुखले कोरोनाविरुद्धको खोप पत्ता लागेको र आगामी महिनासम्ममा संसारभरी नै बाँड्न सकिने जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



    वैज्ञानिकहरुले पाँचवटा विधिबाट तयार पारिएको उक्त खोप प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी दिएका छन्।



    चीनको प्राविधिक विकास तथा अनुसन्धान केन्द्रका निर्देशक झेङ झोङ्गुइले भनेका छन्–‘मुलुकको सबै नियम र कानूनी प्रावधानहरु पुरा गर्दै आउँदो अप्रिल महिनादेखि कोरोनाविरुद्धको खोप चिकित्सकीय र आपत्तकालिन प्रयोजनमा ल्याउन सकिने सम्भावना बढेको छ।’

    चीनको राष्ट्रिय स्वास्थ्य विभागले पनि आउँदो महिना नै कोरोनाविरुद्धको पहिलो भ्याक्सिन प्रयोगमा आउने अपेक्षा गरेको जनाएको छ।

    कोरोना फैलिएसँगै चीन सरकारले विभिन्न आठवटा कम्पनीहरुलाई कोरोना विरुद्धको पहिलो भ्याक्सिन एकैसाथ र पाँचवटा फरक विधिबाट बनाउन स्वीकृति दिएको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार