Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • इन्दिरा रानाको प्रश्न – उपसभामुखले चुप लाग्नुपर्छ भनेर कहाँ लेखेको छ ?

    इन्दिरा रानाको प्रश्न – उपसभामुखले चुप लाग्नुपर्छ भनेर कहाँ लेखेको छ ?

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 861
    SHARES

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले देशमा शुसासन नभइ कुशासन रहेको दाबी गरेकी छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले यस्तो बताएकी हुन् ।

    उपसभामुख रानाले आफूलाई संसदमा बोल्न नदिइएको गुनासो गरिन् । उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न गरिन् ।



    उपसभामुख रानाले भनिन्,‘संविधान देशको लागि जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ । मेरो प्रश्न छ । आज प्रतिनिधिसभामा हेर्नुहोस् त कति जना महिलाहरु बोल्नुहुन्छ ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ । नियममा कहाँ लेखेको छ, उप चुप भनेर ।’



    उनले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गरिन् । उनले अहिले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार