काठमाडौं । सभामुख देवराज घिमिरेले सहमतिको विकल्प नरहेको बताएका छन् ।
नयाँ वानेश्वरस्थित आफ्नै कार्यकक्षमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले भने, ‘संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपद्लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन।’
सभामुख घिमिरेले सदनमा अवरोध हुँदा जनताको आवाज रोकिएको बताए। आफू सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा नरहेको सभामुख घिमिरेको भनाई छ ।
सदनमा जारी अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो ३ बजे वानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख तीन् दलका प्रमुख सचेतक र सचेतकहरु छलफलमा बसेका थिए ।
छलफल निस्फल भएपछि सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी मंगलबार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ ।
राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो ।
सभामुख घिमिरेका अनुसार प्रमुख नीत दलका शीर्ष नेताहरुको अर्को बैठक मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
Leave a Reply