Online Nepal
  • बुधबार, १० पुष २०८१
  • तीन दलका शीर्ष नेताहरुबीच जुटेन सहमति, प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

    तीन दलका शीर्ष नेताहरुबीच जुटेन सहमति, प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 792
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबार ३ बजेसम्मका लागि स्थगित भएको छ।

    संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।



    सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिएको थियो। तर सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।



    एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेको छ ।

    उसले यही माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ । पछिल्लो पटक सोमबार दिउँसो १ बजेलाई बैठक बोलाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार