काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले संसद्मा पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन निर्देशन दिए।
बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको मुल भाव तथा संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराएका थिए ।
त्यसक्रममा श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन, निजामति कर्मचारी र प्रहरी सम्बन्धि विधेयक दर्ता गर्ने तयारीमा रहेको छ।
Leave a Reply