Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • संसदको अवरोध खुलाउनेबारे प्रतिपक्षी दलसँग छलफल गर्ने माओवादीको निर्णय

    संसदको अवरोध खुलाउनेबारे प्रतिपक्षी दलसँग छलफल गर्ने माओवादीको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 909
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले संसदको अवरोध हटाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षीसहित दलहरूसँग छलफल निर्णय गरेको छ।

    सिंहदरबारमा सोमबार बसेको संसदीय दल बैठकले केही समयदेखि अबरूद्ध हुँदै आएको संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा सुचारू गर्न प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।



    सदन सुचारू गर्न ठोस छलफल गर्ने निर्णय गरेको माओबादी केन्द्रले जनाएको छ । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभा अबरूद्ध गर्दै आइरहेको छ।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रमुख प्रतिपक्षीसहित दलका नेताहरूसँग ठोस छलफल गरेर निचोड निकाल्ने र सदन सुचारू गर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार