Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, राष्ट्रपतिलाई सबैभन्दा धेरै

    दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, राष्ट्रपतिलाई सबैभन्दा धेरै

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 522
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता बाँडेको छ ।

    मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो । जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रुपैयाँ बाँडेको छ ।



    पछिल्लो दुई महिनामा सबैभन्दा धेरै आर्थिक सहायता लिनेमा राष्ट्रपति रामचन्द्र पौडेल छन् । राष्ट्रपतिलाई सरकारले ५५ लाख २ हजार २७९ दिएको छ । सरकारले परराष्ट्र मन्त्रालयको आग्रहमा असारको मन्त्रिपरिषद्को निर्णयबाट सो रकम राष्ट्रपतिलाई दिएको हो ।



    राष्ट्रपतिले सबैभन्दा बढी सहायता रकम प्राप्त गर्दा सबैभन्दा कम पाउनेमा भने काठमाडौँको धर्मकीर्ति विहारकी गुरुमा धम्मावती शाक्य छिन् । उनलाई ६५ हजार ६७२ रुपैयाँ दिइएको छ । कसैलाई धेरै कसैलाई थोरै गरेर गत दुई महिनाभित्र आर्थिक सहायता पाउने ७० जना छन् ।

    सरकारले गत वर्षको साउनदेखि माघ मसान्तसम्म १३९ जनालाई आर्थिक सहायता स्वरूप ५ करोड ४६ लाख ३४ हजार रुपैयाँ वितरण गरिसकेको थियो । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार