Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • रकम ठगेर अपहरणको नाटक गरी युवतीसँग होटेलमा मस्ती गर्ने पक्राउ

    रकम ठगेर अपहरणको नाटक गरी युवतीसँग होटेलमा मस्ती गर्ने पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 3K
    SHARES

    काठमाडौं। करोडौ रकम ठगेर अपहरणको नाटक गरी युवतीसँग होटेलमा मस्ती गरेर बस्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरिय अपराध महाशाखाका अनुसार  चुनदेवि बस्ने वर्ष ३० को शक्तिराज रेग्मी असार २४ गते गते देखि हराएकोमा अपहरण परेको हुन सक्ने भन्दै खोजतलासका लागि महाशाखामा उजुरी परेको थियो।

    तर महाशाखाको टोलीले उनलाई खोज्दै जाँदा नयाँ बसपार्कस्थित सुगन्ध होटलमा केटीसँग बसेको अवस्थामा फेला परेका थिए ।  रेग्मीलाई पक्राउ पर्ने बित्तिक्कै मौखिक उनले बिभिन्न ब्यक्तीहरूसँग जग्गा ब्यबसाय गर्छु भनि करोडौ रुपैयाँ लिएको र पैसा तिर्नु नपरोस भनि अपहरणको नाटक गरेको खुलेको छ ।



    उनी अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकोले आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको महाशाखाले जनाएको छ। ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार