Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

    सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 762
    SHARES

    फाइल फोटो

    काठमाडौं । पहुँच र शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा टिकिरहने कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न यति बेला सिंहदरबारमा कर्मचारीको भिड लाग्न थालेको छ ।

    वर्षौंसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै देखिएको छ ।



    मन्त्रालयले ती कर्मचारीलाई रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरेपछि सरुवा रोक्न मन्त्रालयमा कर्मचारीसँगै ट्रेड युनियनका अगुवा तथा स्थानीय तहका नेता सक्रिय छन् ।



    यति बेला त्यस्ता कर्मचारीको छटपटी निकै बढेको छ ।मन्त्रालयले काठमाडौँमा नै जरोकिलो गाडेर बसेका कर्मचारीलाई मधेश प्रदेशका स्थानीय तह र रिक्त भएका विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरेको छ । एक सातामा दुई चरणमा गरी मन्त्रालयले ५७ जना कर्मचारीको सरुवा गरेको छ ।

    मन्त्रालयमा अहिलेसम्म सरुवाका लागि ४५२ जना कर्मचारीले निवेदन दिएको मन्त्रालयले जनाएको छ । केही दिनभित्रमा नै रिक्त स्थानीय तहमा मन्त्रालयले निवेदन दिने कर्मचारीमध्येबाट सरुवा गर्ने तयारी गरेको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार