Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • रकम लुटेको अभियोगमा वीरेन्द्रनगरका वडाध्यक्ष विष्ट जेल चलान

    रकम लुटेको अभियोगमा वीरेन्द्रनगरका वडाध्यक्ष विष्ट जेल चलान

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 2.8K
    SHARES

    सुखैृत । रकम लुटेको आरोपमा पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर ३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित तीन जनालाई कारागार चलान गरिएको छ ।

    आइतबार जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । विष्टसँगै सोही मुद्दामा पक्राउ परेका सुशील गुरूङ भनिने प्रेम गुरूङ र बलिराज शाहीलाई पनि कारागार चलान गरिएको छ ।



    यो प्रकरणमा मुछिएका अन्य दुईजनालाई भने अदालतले जनही दुई-दुई लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको अदालतले जनाएको छ । असार २४ मा वडाध्यक्ष विष्टसहित सुशील गुरुङ र बलिराज शाही पक्राउ परेका थिए।



    उनीहरुले खोर्के खोला तटबन्ध उपभोक्ता समितिको साढे ६ लाख रूपैयाँ लुटेर लगेको आरोपसहित उपभोक्ताका समितिका सदस्यहरुले प्रहरीमा जाहेरी दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार