Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सुशासनको कुरा उठाएपछि पार्टी नेतृत्वमाथि प्रहार भयो : प्रधानमन्त्री प्रचण्ड

    सुशासनको कुरा उठाएपछि पार्टी नेतृत्वमाथि प्रहार भयो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 645
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टी नेतृत्वमाथि प्रहार हुन थालेको बताएका छन् ।

    पार्टीको बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानको फाइलको टुंगोमा नपुगेसम्म रोकिँदैन । हामीले सुशासनको कुरा उठाएपछि अहिले पार्टी नेतृत्वमाथि प्रहार हुन थालेको छ । अब पार्टी मूल नेतृत्वमा केन्द्रित भएका आरोपहरुको खण्डन गर्दै भ्रष्टाचारविरोधी सरकारले लिएको अभियानलाई साथ दिएर यो केन्द्रीय समिति अघि बढ्नेछ ।’



    प्रधानमन्त्री प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताए ।

    आफू पार्टीभित्र अध्यक्ष र बाहिर गएपछि देशको प्रधानमन्त्री भएकाले त्यही अनुसार जिम्मेवारी सम्हाल्नुुपर्ने बताए ।

    उनले सरकारले लिएको भ्रष्टाचारविरोधी अभियानलाई साथ दिएर अघि बढ्न पार्टी पंक्तिलाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार