Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • बाढी तथा पहिरोमा परेर ६ जनाको मृत्यु

    बाढी तथा पहिरोमा परेर ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं। स्याङ्जा, गल्याङ नगरपालिका-१० गाउँस्वारा बस्ने ५२ वर्षीया माया सारूको घरमा बुधबार बिहान पहिरो झर्दा माया मृत अवस्थामा फेला परेकी छन् ।

    पहिरोमा परी घाइते भएकी उनकी छोरी २० वर्षीया नारायणी सारूलाई उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको छ । पहिरोले उनको घर पूर्णरुपमा नष्ट भएको छ । प्रहरी चौकी गल्याङ र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।



    केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार म्याग्दी, अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी नागढुङगास्थित भिरबाट मंगलबार साँझ ढुङगा माटो सहितको पहिरो खस्दा सोही गाउँपालिका-३ दाना काभ्रे बस्ने ३४ वर्षीय झलक पुनको पुरिएर मृत्यु भएको छ ।

    साथै पहिरोका कारण बेनी-जोमसोम सडकखण्ड पूर्णरुपमा अवरोध भएको छ । मुस्ताङतर्फ पैदल जाँदै गरेका मानिसहरु समेत पहिरोमा परेको हुनसक्ने भएकाले सिमा प्रहरी चौकी भुरुङ तातोपानीबाट खोजी कार्य गरिरहेको छ ।
    झापा, बुद्धशान्ति गाउँपालिका-७ मोदिडाँडा बस्ने तेज कुमार बराईलीको कच्ची घरमा अविरल वर्षाको कारण मंगलबार रातिदेखि पहिरो खस्दा घरको पर्खाल भत्की पाहुना आएका मेचीनगर नगरपालिका-९ बस्ने टेक बहादुर बिकको छोरा १५ वर्षीय विवेक दर्नालको पुरिएर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले जेसिबि र स्थानीयको सहयोगमा उनको शव बाहिर निकालेको हो ।

    महोत्तरी, बलबा नगरपालिका-११ भगवतीपुरस्थित रातु खोलाले मंगलबार बिहानदेखि बगाई बेपत्ता भएका भंगाहा नगरपालिका-६ बस्ने ४० वर्षीय विरेन्द्र कापड सोही नगरपालिका-४ स्थित उत्तरबारी टोलमा मृत अवस्थामा फेला परेका छन् । जनकपुरबाट साईकलमा घर संग्रामपुर जाने क्रममा रातु खोला तर्दा खोलाले बगाएका उनलाई खोजी गर्ने क्रममा शव फेला परेको हो ।

    रुपन्देही, कञ्चन गाउँपालिका-५ भैसाही बस्ने २४ वर्षीय रोहित थारु कपिलवस्तु बाणगंगा नगरपालिका-१० भेलैयास्थित कोठी खोलामा मंगलबार बिहान डुबेर मृत अवस्थामा फेला परेका छन् । माछा मार्न भनी रुपन्देही(कपिलवस्तुको सिमानामा पर्ने कोठी खोलामा गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।
    नवलपरासी(पश्चिम) सुनवल नगरपालिका-४ सितलास्थित तुरिया खोलामा डाईभर्सन गरेको तालमा मंगलबार दिउँसो हाल नाम, थर, वतन नखुलेका पुरुषको शव फेला परेको छ ।
    घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार