Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • माओवादी केन्द्रीय समिति बैठकअघि अध्यक्ष प्रचण्डले बोलाए पदाधिकारी बैठक

    माओवादी केन्द्रीय समिति बैठकअघि अध्यक्ष प्रचण्डले बोलाए पदाधिकारी बैठक

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 555
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन् ।

    माओवादी केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि प्रधानमन्त्री प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।



    प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको छ ।



    साथै संगठनात्मक कार्यविभाजन, विधान अधिवेशन लगायतका विषयबारे पनि पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि प्रज्ञा भवन कमलादीमा जारी छ ।

    बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष  प्रचण्डले प्रस्तुत गरेको मौखिक प्रतिवेदन र उनीलगायत शीर्ष नेताहरूको जीवन शैलीलाई लिएर गम्भीर प्रश्नहरू उठाएका छन् ।

    बैठकमा उठेका प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिएपछि बैठक समापन हुने छ । आज अन्तिम दिनको बैठक दिउँसो १ बजे बस्दै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार