काठमाडौं । लमजुङमा गएको पहिरोले कम्तिमा १० घर पुरिएका छन् । केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा परेर मर्स्याङ्दी गाउँपालिका वडा नं. १ का १० घर पुरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ । आफू पनि घटनास्थलतर्फ गइरहेको उनले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।
Leave a Reply