Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • रविले ‘मोबाइल क्लिनिक’ चलाएको पुरानो मेडिकल कलेजको एम्बुलेन्स फिर्ता

    रविले ‘मोबाइल क्लिनिक’ चलाएको पुरानो मेडिकल कलेजको एम्बुलेन्स फिर्ता

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निर्वाचन क्षेत्रमा मात्र प्रयोग गर्ने गरी सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

    रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा उक्त एम्बुलेन्सलाई निलो रंगको बनाएर मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए ।



    सभापति लामिछानेले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेका हुन् ।



    अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रास्वपाले गरेको छ । भारतीय दूतावासले उक्त एम्बुलेन्स आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई दिएको थियो ।

    लामो समयदेखि नवीकरणसमेत नगरिएको उक्त एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरी मोबाइल क्लिनिकको रुपमा सन्चालमा ल्याएको घोषणा गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार