Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सञ्चार क्षेत्रलाई नियन्त्रण हुने गरी कानुन बन्‍दैन : कानुनमन्त्री गुरुङ

    सञ्चार क्षेत्रलाई नियन्त्रण हुने गरी कानुन बन्‍दैन : कानुनमन्त्री गुरुङ

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 960
    SHARES

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सामाजिक सञ्जाललाई नियमिन गर्नु पर्ने बताएका छन् ।

    नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको सूचना प्रविधि विधेयकमाथिको छलफल कार्यक्रममा बोल्दै कानुनमन्त्री गुरुङले यस्तो बताएका हुन् ।



    कानुनमन्त्री गुरुङले सञ्चार माध्यमलाई नभई सामाजिक सञ्जाललाई नियमिन गर्ने विषयमा छलफल भएको बताए ।



    कानुनमन्त्री गुरुङले भने, ‘सूचना प्रविधि विधेयकबारे व्‍यापक छलफल भएको छ। तर, सञ्चार क्षेत्रलाई नियन्त्रण हुने गरी कानुन बन्‍दैन । यति बुझ्नुस् ।’

    तर आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेगरी विधेयक बनाउनुपर्छ भन्ने कुरा नआएको पनि उनले जिकिर गरे ।

    सञ्‍चार मन्त्रालयले सामाजिक सञ्जाल नियन्त्रणका लागि विधेयक मस्यौदा भएको आफूले सुने पनि त्यसबारे थप जानकारी नरहेको मन्त्री गुरुङले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार